पञ्चशील बहुउद्देश्यीय सहकारीको २४औं साधारण सभा सम्पन्न, सदस्यलाई १५% लाभांश दिने

ललितपुर–१९, कुमारीपाटीमा स्थीत पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मिति २०८१/०५/२२ गते
आफ्नो संस्थाको २४ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाका प्रमुख
कार्यकारी अधिकृत श्री राजु खतिवडाले संचालक समितिको आज्ञाबाट आ.व. २०८०/०८१ को वार्षिक प्रगति
प्रतिवेदन तथा आ.व. २०८१÷०८२ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नु भएको थियो ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष ०८०/०८१ मा शेयर पूँजी तर्फ रु १८ करोड २८ लाख
२ हजार ७ सय रुपैया कायम रहन गएको छ ।
यस संस्थाले बचत (निक्षेप) तर्फ रु १ अर्ब ८३ करोड १० लाख २९ हजार २ सय ८२ रुपैँया ५४ पैसा संकलन गरेको
छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ७५ करोड ८२ लाख ५३ हजार ७ सय ६२ रुपैँया पुर्‍यउन सफल भएको छ ।
त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा रु २८ करोड ८५ लाख ९० हजार ३ सय ४० रुपैँया ८८ पैसा
जम्मा रहेको देखिन्छ ।
गत आ.व. ०८०/०८१ मा संस्थाका अध्यक्ष अशोक बज्राचार्यको असामहिक निधन पश्चात संस्थाका उपाध्यक्ष श्री
देबेन्द्र प्रसाद श्रेष्ठले कार्यवाहक अध्यक्षको रुपमा संचालक समितिको नेतृत्व गर्दै आईरहेको र संस्थाका सचिव ज्यूको
राजीनामा स्वीकृत भई अध्यक्ष र सचिवको पद रिक्त रहेकोमा सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट निर्वाचन
प्रक्रिया मार्पmत पुरक अवधिको लागि रिक्त पदपूर्ति गरिएको २४ औं वार्षिक साधारण सभामा निर्वाचन प्रक्रियाबाट
निर्विरोध रुपमा श्री देबेन्द्र प्रसाद श्रेष्ठ संस्थाको अध्यक्ष र श्री नारायण पोख्रेल संस्थाको सचिवमा चयन गरिएको छ ।
संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका
प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी दिए । संस्थाले गत आ.व.०८०/०८१ मा कर्मचारी बोनस र आयकर
अघि रु ५ करोड २६ लाख ३९ हजार ८ सय ६९ रुपैँया २१ पैसा नाफा आर्जन गरेको छ ।
यस संस्थाले आ.व. ०८०/०८१ मा २ करोड ६१ लाख ४६ हजार २ सय १९ रुपैँया आयकर तथा अन्य विभिन्न
शिर्षकहरुमा राजस्वमा योगदान गरेको देखिन्छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न
कार्यक्रमहरु गर्दै आएको । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न
सिप मुलक तालिम दिने, अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको र सदस्यहरुलाई अझ प्रभावकारी ढंगले
सेवा प्रदान गर्न साथै प्रविधि मुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले प्रविधि मैत्री सुविधा
दिईरहेको प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी गराए ।
हाल देशभरी देखिएको आर्थिक संकट र विभिन्न संचार माध्यम मार्फत फैलाईएको सहकारी प्रतीको नकारात्मक
सन्देशका बावजुद पनि संस्थाले आ.व. ०८०/०८१ मा आफ्नो सदस्यलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्न
सफल भएकोमा संस्थाका सम्पूर्ण सदस्यहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले व्यक्तिगत तथा
संस्थाका तर्फबाट बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए ।
पञ्चशील आफ्नो स्थापना कालको २४ औँ वर्ष पुरा गरि २५ औं वर्षमा प्रवेश गर्न लगिरहेको संस्थाका प्रमुख
कार्यकारी अधिकृत राजु खतिवडाले बताएका थिए । संस्थाको कुल कारोवार र यसले गरेका आर्थिक गतिविधीको
बारेमा कार्यकारी अधिकृतले शेयर सदस्यहरुलाई जानकारी गराउदै अहिलेको युगमा संस्थालाई गति दिने एक मात्र
माध्यम् प्रविधि हो र यसले संस्थालाई मेरुदंडको रुपमा सहयोग पु¥याईरहेको संस्थाका कार्यकारी अधिकृत श्री राजु
खतिवडाले बताएका थिए । संस्थाको २४ औं वार्षिक साधारण सभाको समापन संचालक समितिका नवनिर्वाचित
अध्यक्ष श्री देबेन्द्र प्रसाद श्रेष्ठ ले आफ्नो प्रतिबद्धता सहित गरेका थिए ।