जेष्ठ–३०,ललितपुर,
पञ्चशिल बहुउद्देश्यीय सहकारी संस्था लि। को आयोजनामा जेष्ठ–२९ गते हास्नु स्वास्थ्यको लागि फाईदा हो, “हासौं आज” भन्ने नाराका साथमा उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
शिक्षा उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका सम्पूर्ण कर्मचारी,संस्थाका संचालक समिति , सल्लाहकार समिति, शिक्षा उप–समिति,लेखा समिति तथा अन्य उप–समितिका पधाधिकारीहरु लगायत संस्थाका शेयर सदस्य ज्यूहरुको समेत उपस्थिति रहेको थियो ।
कर्मचारी लगायत संस्थाका सदस्यहरुको मनोरञ्जनका लागि राखिएको उक्त कार्यक्रमको औचित्य संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले प्रस्ट्याउनु भएको थियो भने कार्यक्रममा शिक्षा उप–समितिका सदस्य नारायण पोखरेले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार राजा राजेन्द्रले भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
संस्थाका सचिव घनश्याम धमलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा कुल ७० व्यक्तिको सहभागीता रहेको थियो