“पञ्चशीलको Motivational Trainning सम्पन्न”

















जेष्ठ–१२,ललितपुर,
पञ्चशिल बहुउद्देश्यीय सहकारी संस्था लि। को आयोजनामा जेष्ठ–१२ गते Motivational तालिम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । शिक्षा उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका सम्पूर्ण कर्मचारी,संस्थाका संचालक समिति , शिक्षा उप–समिति,लेखा समिति तथा अन्य उप–समितिका पधाधिकारीहरु लगायत संस्थाका शेयर सदस्य ज्यूहरुको समेत उपस्थिति रहेको थियो ।


कर्मचारी लगायत संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि राखिएको तालिममा कार्यक्रमको औचित्य संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले प्रस्ट्याउनु भएको थियो भने कार्यक्रममा शिक्षा उप–समितिका सदस्य नारायण पोखरेलले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सौरभ लोहनीले विशेष तालिम प्रदान गर्नुभएको थियो ।


संस्थाका सचिव घनश्याम धमलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा कुल ६० व्यक्तिको सहभागीता रहेको थियो ।