काठमाडौं : ललितपुरकाे पूणर्चण्डीमार्ग स्थित केन्द्रय कार्यालय रहेको पञ्चशील बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरु कोभिड-१९ बाट संक्रमित भई अस्पताल भर्ना भएर उपचार गर्नु पर्ने भएमा अस्पतालको विल भर्पाइको प्रमाण पेश गरेको आधारमा २५ हजार नगद सहयोग गर्ने भएको छ ।
संस्थाका कार्याकारी अध्यक्ष राजु खतिवडाले दिनु भएको जानकारी अनुसार सदस्यहरुको दुःख र पिडामा मलम लगाउन संचालक समितिको मिति २०७८ साल जेष्ठ ५ गतेका दिन भर्चुअल माध्यम मार्फत गरिएको बैठकले सहयोग गर्ने निणर्य गरेको बताउनु भयो ।
कोभिड-१९ बाट संक्रमित भई होम आइसोलेसन बस्नु भएका र आर्थिक स्थिती कमजोर भएका सदस्यहरुलाई आवाश्यकता र औचित्यका आधारमा स्वास्थ्य सामाग्री, खाध्यन्न र अन्य सेवाहरु उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
संस्थाले आज एक सूचना जारी गरी अस्पतालमा उपचार गर्नु भएका र होम आइसोलेसनमा बस्नु भएका शेयर सदस्यहले तत्काल संस्थाका कर्मचारी, संस्थाको इमेल, वेभ साइट, फेसबुक पेज र भाइवर मार्फत जानकारी गराउन समेत भनिएको छ ।