१८,ललितपुर,
पञ्चशिल बहुउद्देश्यीय सहकारी संस्था लि. को सेवाकेन्द्र कोटेश्वरको आयोजनामा चैत्र –१७ गते कौशी खेती तालिम दलिन क्याफे , कुमारीपाटीमा सम्पन्न भएको छ । तालिममा संस्थाका सम्पूर्ण कर्मचारी,संस्थाका संचालक समिति तथा अन्य उप–समितिका पधाधिकारीहरु लगायत संस्थाका शेयर सदस्य ज्यूहरुको उपस्थिति रहेको थियो । शेयर सदस्यहरुलाई कौशी खेती तालिम गराई निर्भरता घटाउन राखिएको तालिममा कार्यक्रमको औचित्य संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले प्रस्ट्याउनु भएको थियो भने कृषि बिज्ञ खोज राज कटवालले विशेष तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा कुल ६० शेयर सदस्यको सहभागीता रहेको थियो ।