माघ–२१,ललितपुर,
पञ्चशिल बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा माघ–१६ र १७ गते अर्धवार्षिक कर्जा समिक्षा गेाष्ठि तथा त्रिवर्षिय रणनीतिक येाजना तर्जुमा गेाष्ठि सम्बन्धि दुई दिवसिय समिक्षा गेाष्ठि होटल पार्क ल्याण्ड ,सैाराहा,चितवनमा सम्पन्न भएको छ । उक्त गेाष्ठिमा संस्थाका कार्यकारी अध्यक्ष, कर्मचारी,संस्थाका संचालक समिति ,लेखा समिति तथा अन्य उप–समितिका पधाधिकारीहरुको उपस्थिति रहेको थियो ।उक्त गेाष्ठिको औचित्य संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले प्रस्ट्याउनु भएको थियो ।
संस्थाका सचिव घनश्याम धमलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको त्रिवर्षिय रणनीतिक येाजना प्रस्तुत गरिनुको साथै वित्तिय अवस्थाको जानकारी दिइएको थियो । कार्यक्रममा कुल ३५ व्यक्तिको सहभागीता रहेको थियो ।