पञ्चशीलको ATM सेवा शुरु

  ललितपूर जिल्ला ल.पु.म.न.पा.–५ अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो शेयर सदस्यहरु लाई वित्तिय सेवा लगायत विविध सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले आफ्ना सदस्यहरु लाई घर दैलो सेवा का साथै अत्याधुनिक प्रविधिको प्रयोग गरी गत आ.व. ०७४/०७५ मा मोबाइल एस एम एस बैंकिङ लगायत इ सेवा मार्फत विविध सेवा प्रदान गर्दै आएको छ ।आ.व. ०७५/०७६ को शुरुवातमा स्मार्ट बैंकिङ शुरुवात गरेको यस संस्थाले आज २०७६ असार २० गते राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष श्री मिनराज कडेल ज्यू बाट विधिवत रुपमा पञ्चशील ATM कार्डको शुभारम्भ गरेको छ । SCT Network संगको सहकार्यमा शुरु भएको ATM कार्ड सुविधा अन्तर्गत संस्थाका सदस्यहरु ले पञ्चशील ATM कार्ड मार्फत नेपाल राज्यभर रहेका SCT Network तथा Union Pay मार्फत २२०० भन्दा बढी ATM बुथ बाट रकम निकाल्न सक्नेछन । कार्यक्रममा प्रमुख अतिथी मिनराज कडेल, SCT का IT प्रबन्धक दिपेश मास्के ज्यू ले संस्थाका अध्यक्ष श्री राजु खतिवडा ज्यू लाई ATM कार्ड हस्तान्तरण गरि ATM  Launching गर्नु भएको थियो ।
२०५६ सालमा दर्ता भई निष्क्रिय रुपमा रहेको संस्थालाई २०६४ साल बाट सक्रिय गराई नया व्यबस्थापनको साथ अगाडि बढाएको जानकारी कार्यक्रममा कार्यकारी अध्यक्ष राजु खतिवडा ज्यू ले गराउनु भयो । यस आ.व. को असार १९ सम्म संस्थाले कूल वित्तिय कारोवार १ अर्ब ८५ करोड गरेको छ ।

Write a comment