पौष–३०,ललितपुर,
पञ्चशिल बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा पौष–२७ र २८ गते क्षमता अभिवृद्धि (Skill Development) सम्बन्धि दुई दिवसिय तालिम होटल कन्ट्रि भिल्ला ,नगरकोटमा सम्पन्न भएको छ । शिक्षा उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका सम्पूर्ण कर्मचारी,संस्थाका संचालक समिति , शिक्षा उप–समिति,लेखा समिति तथा अन्य उप–समितिका पधाधिकारीहरु लगायत संस्थाका शेयर सदस्य ज्यूहरुको समेत उपस्थिति रहेको थियो ।
कर्मचारी लगायत संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि राखिएको तालिममा कार्यक्रमको औचित्य संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले प्रस्ट्याउनु भएको थियो भने कार्यक्रममा शिक्षा उप–समितिका संयोजक अनन्त राज घिमिरेले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार श्री बद्री प्रसाद तिवारी ज्यू,डा. चिन्तामणि योगी, डा. मदन बिष्ट र डा. राजु अधिकारीले विशेष तालिम प्रदान गर्नुभएको थियो ।
संस्थाका सचिव घनश्याम धमलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका गतिविधिहरु प्रस्तुत गरिनुको साथै वित्तिय अवस्थाको जानकारी दिइएको थियो । कार्यक्रममा कुल १५५ व्यक्तिको सहभागीता रहेको थियो ।