“अन्तर्राष्ट्रिय कार्यक्रममा पञ्चशीलको सहभागिता”

१९ अश्विन, ललितपुर
International Development Institute (IDI) आयोजनामा ७ देखि १३ अक्टूवर २०१८ सम्म ComfortInn University Center, Washington America मा संचालन हुन् गैरहेको Banking Leadership Program कार्यक्रममा पञ्चशीलले सहभागिता जनाएको छ । पञ्चशीलले तर्फवाट ३ जना प्रतिनिधिहरुले यस कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

सहकारी बैंकको संयोजनमा देशभरका विभिन्न सहकारी संघ/संस्थाका प्रतिनिधिहरु गरी १६ जना नेपाली सहकारीकर्मीहरुले यस कार्यक्रममा सहभागिता जनाउनु हुनेछ, कार्यक्रममा आधुनिक सहकारी बैंकिंग प्रणाली, सहकारी बैंकिंगमा भएका नवीनतम प्रयोग र प्रविधि, सहकारीमा निहित जोखिम र यसको नियमन, विश्वमा भएका आधुनिक सहकारी सिद्धान्त र प्रयोग लगायत अबलोकन भ्रमण समेत गरी बृहत विषयबस्तु वारे तालिममा छलफल तथा प्रस्तुतिहरु हुनेछन ।

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको तर्फबाट कार्यक्रममा भाग लिन संस्थाका कार्यकारि अध्यक्ष श्री राजु खतिवडा ज्यू,कर्मचारी श्री रिता खतिवडा ज्यू र सदस्य श्री दिपेश भट्टराई ज्यू अमेरिका प्रस्थान गर्नु भएको छ ।
IDI अमेरिका स्थित आफ्नो कार्यालयवाट क्षमता विकास, कार्यकारी शिक्षा, मानव संसाधन विकास, संस्थागत सुशासन र सबलीकरण लगायतका विषयबस्तुमा अन्तर्राष्ट्रिय स्तरका तालीम तथा सेमिनार संचालन गर्ने संस्था हो ।

Write a comment